काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने बताएका हुन ।
आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
आइतबार बसेको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेस गरेका थिए ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    