बुधबार, कात्तिक २१ गते २०८१

नानुमैयाको ‘खुला आकाशमुनि’ सार्वजनिक

नानुमैयाको ‘खुला आकाशमुनि’ सार्वजनिक

अखबार दैनिक
आइतबार, असार २४ २०८१
  • नानुमैयाको ‘खुला आकाशमुनि’ सार्वजनिक

    विराटनगर । नानुमैया दाहालको मुक्तक संग्रह ‘खुला आकाशमुनि’ विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा दाहालको रचना विमोचन भएको हो ।

    images

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

    मुक्तक संग्रहमाथि समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए । मुक्तक संग्रहले राजनीतिक, सामाजिक, आर्थिक, पारिवारिक विषयवस्तुलाई सशक्त रुपमा प्रस्तुत गरेको उनले बताए । संग्रह पठनीय र संग्रहनीय भएको उनको भनाइ छ ।

    मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको संग्रहमा १५२ वटा मुक्तक समावेश छन् । पुस्तक विमोचन गर्दै प्राज्ञ डा. धनप्रसाद सुवेदीले खुला आकाशमुनिले नेपाली मुक्तक विधाको विकासमा योगदान गर्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार