सोमबार, मंसिर १० गते २०८१

काठमाडौं–तराई द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौं–तराई द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

अखबार दैनिक
बिहीबार , असार २१ २०८१
  • काठमाडौं–तराई द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

    काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । निजगढबाट काठमाडौंतर्फ आउने १,६१२ मिटर लम्बाइको उक्त सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाले जानकारी गराएको छ ।

    images

    नेपाली सेनाको व्यवस्थापनमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणाधीन छ । “...राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (ट्वीन टब टनेल) मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए । उनले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन समेत दिए ।

    सोही स्थानको काठमाडौंबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग गएको जेठ ४ गते छिचोलिएको थियो ।

    यस्तै, धेद्रे सुरुङमार्गको १,६५३ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङ जेठ ११ गते छिचोलिएको सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार