काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार बढेको छ । आज बजार १५.४६ अंकले बढेर २११९ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ६ अर्ब ४८ करोडको कारोबार भएको छ । आज १४८ कम्पनीको मूल्य बढेको छ भने ९३ कम्पनीको मूल्य घटेको छ । बाकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।