शुक्रबार, मंसिर १४ गते २०८१

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै आदेशको तयारी

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै आदेशको तयारी

अखबार दैनिक
बिहीबार , असार २१ २०८१
  • गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै आदेशको तयारी

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राख्दै परेको मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा जारी सुनुवाइमा बिहीबार बहस सकिएको हो । यो मुद्दाको फैसला आज बिहीबारै आउने सम्भावना छ । 

    images

    २४ फागुनमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कतै उजुरी, अभियोजन नपरेको भनी दिएको पत्रको वैधतामाथि प्रश्न उठाउँदै अधिवक्ता अनुपम भट्टराई र अतुल विष्टले सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमा लामिछानेलाई गृहमन्त्रीबाट मुक्त गर्न माग गरिएको छ । मुद्दामा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार