शुक्रबार, मंसिर १४ गते २०८१

एमालेले छाडेका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

एमालेले छाडेका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

अखबार दैनिक
बिहीबार , असार २१ २०८१
  • एमालेले छाडेका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् ।

    images

    उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठसहित राजीनामा दिएका आठ मन्त्रीको जिम्मा राष्ट्रपति पौडेलले अर्को व्यवस्थता नहुन्जेललाई प्रधानमन्त्री दाहालले तोक्ने गरी बिहीबार तोकेका हुन् ।

    ‘ सम्माननीय प्रधानमन्त्रीसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ज्यूको सिफारिसमा उहाँहरूले सम्हाली आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभयो’, राष्ट्रपतिको कार्यालयले भनेको छ ।

    २०८० फागुन २१ गते बनेको गठबन्धन सरकारमा एमालेबाट आठ जना मन्त्रीहरू सहभागी भएका थिए । सोमबार राति भएको सहमतिअनुसार उनीहरूले बुधबार बेलुका राजीनामा दिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् ।

    president-office-statement.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार