काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज बजारमा ३.७९ अंकले बढेर २१०४.२२ को विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको छ ।
आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।