आइतबार, भदौ २३ गते २०८१

भरतपुर महानगरद्वारा क्रकेटर सन्दीप लामिछानेको सम्मान

भरतपुर महानगरद्वारा क्रकेटर सन्दीप लामिछानेको सम्मान

अखबार दैनिक
मंगलबार, असार १९ २०८१
  • भरतपुर महानगरद्वारा क्रकेटर सन्दीप लामिछानेको सम्मान

    चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी उनलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

    images

    त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताए । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले आएको बताए ।

    जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ