काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ४७.०४ अंकले बढेको छ । आज बजार २१०० अंकमा पुगेर बजार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो ।
मंगलबार कारोबारमा आएका कम्पनीहरु मध्ये २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।