शुक्रबार, मंसिर १४ गते २०८१

गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको हो: सभापति देउवा

गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको हो: सभापति देउवा

अखबार दैनिक
मंगलबार, असार १९ २०८१
  • गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको हो: सभापति देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।

    images

    मंगलवार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोईरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्व. कोईराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशिल, सक्रिय र जुझारु व्यक्तित्व रहेको बताए ।

    उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे ।

    उनले भने,‘गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशिल, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो,’‘त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्शनमा म हारेको हो वास्तवमा । उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो । ’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार