सोमबार, मंसिर १० गते २०८१

ललितपुर (छेडा) मा व्यवसायीमाथि खुकुरी प्रहार गर्नेले प्रहरीमा गरे आत्मसमर्पण

ललितपुर (छेडा) मा व्यवसायीमाथि खुकुरी प्रहार गर्नेले प्रहरीमा गरे आत्मसमर्पण

अखबार दैनिक
मंगलबार, असार १९ २०८१
  • ललितपुर (छेडा) मा व्यवसायीमाथि खुकुरी प्रहार गर्नेले प्रहरीमा गरे आत्मसमर्पण

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा एक व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका व्यक्तिले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । आत्मसपर्मण गर्नेमा ललितपुरकै भैसेपाटी घर भएका बाबा भनेर चिनिने राजेश केसी छन् । आत्मसर्मपण गरेका केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

    images

    केसीले खुकुरी प्रहार गर्दा मनोज बाँनिया घाइते भएका थिए । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ । बाँनियाले छेडामा बतासे कटेज बनाउँदै थिए । सोही क्रममा ७ असारमा उनीमाथि खुकुरी प्रहार भएको थियो  ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार