काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २००रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३००रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।