सोमबार, मंसिर १० गते २०८१

श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

अखबार दैनिक
सोमबार, असार १८ २०८१
  • श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

    काठमाडौं । आगामी श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। महायज्ञ शुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तीव्रता दिएको छ । 

    images

    आयोजक र अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरू पनि महायज्ञ सञ्चालनको तयारीमा छन् । उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरूमा आबद्ध रहेका व्यक्तिहरू कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितिले जानकारी दिएको छ ।

    कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाश डाँडालगायत पशुपति क्षेत्र सरसफाइदेखि पण्डाल र हवन कुण्ड निर्माणलगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढ्दै गइरहेको आयोजकको भनाइ छ ।

    उपत्यकाबाट अहिले दैनिक समूहका पदाधिकारीहरू तथा व्यक्तिगत रूपमा सयौँको सङ्ख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन् । त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहनेको सङ्ख्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ ।

    यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरूलाई आयोजक मानव सेवा फाउन्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ