काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर आज १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ। सोमबार चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।