काठमाडौँ । प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ । सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि केहीबेर अघि बैठक १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको थियो ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    