शुक्रबार, मंसिर १४ गते २०८१

एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र

एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र

अखबार दैनिक
सोमबार, असार १८ २०८१
  • एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी राष्ट्रिय महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुँदैछ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हिजो सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ । प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।

    images

    एकीकृत समाजवादीमा केन्द्रीय सदस्य २९९ र केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सचिवालयको निर्णय छ । साथै अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति छ । एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसाल उठ्ने चर्चा भइरहेको छ ।

    तर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले दाबी गरेका छन् । महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार