सोमबार, मंसिर १० गते २०८१

गर्मी छल्न नुवाकोटको ‘सूर्यचौर नेचर रिट्रिट’ सुन्दर उपहार

गर्मी छल्न नुवाकोटको ‘सूर्यचौर नेचर रिट्रिट’ सुन्दर उपहार

अखबार दैनिक
आइतबार, असार १७ २०८१
  • गर्मी छल्न नुवाकोटको ‘सूर्यचौर नेचर रिट्रिट’ सुन्दर उपहार

    काठमाडौं। काठमाडौंको व्यस्त जीवनशैलीबाट ह्याङआउट हुन चाहनेहरूका लागि नुवाकोटको ‘सूर्यचौर नेचर रिट्रिट’ सुन्दर उपहार हो। पर्यटनकर्मीहरू राजन सिंखडा, कमल सापकोटा, जे. बी. सिंह, हेमराज बराल र कृष्ण घिमिरेले भर्खरै सञ्चालनमा ल्याएको रिट्रिटमा बसेर रिफ्रेस हुन सकिन्छ। 

    images

    pic-1719735657.jpg

    काठमाडौंको सामाखुसी चोकबाट १३ किलोमिटर दुरीमा अवस्थित सूर्यचौर शीतल छ। त्यसैले काठमाडौंको गर्मी छल्न उपयुक्त गन्तव्य बन्दैछ। काठमाडौंमा गर्मीले सताइरहेका बेला सूर्यचौर भने चिसै छ। घरिघरि परिवर्तन भइरहने मौसम, भुइँकुहिरो र सिरसिरे बतासले मोहनी लगाउँछ। 

     

    pic-hotel-1719735656.jpg

    ‘सूर्यचौरबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ र दोर्जेलाक्पासहितका हिमसृङ्खला देखिन्छन्। शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ’, पर्यटनकर्मी सिंखडा भन्छन्, ‘सूर्योदय र सूर्यास्तको दृश्य पनि बडो मिठो देखिन्छ।’  डाँडाबाट नुवाकोटका छहरे फाँट र कविलास डाँडाको दृश्य सुन्दर देखिन्छ। रातमा झिलिमिलि काठमाडौंको दृश्य पनि मनमोहक देखिन्छ। हाइकिङ, साइक्लिङ र बाइकिङका लागि समेत सूर्यचौर आकर्षक गन्तव्य बन्न सक्छ। ककनीबाट हिँडेर वा साइक्लिङ गरेर सूर्यचौरमा बास बसेर भोलिपल्ट काठमाडौं फर्कन मिल्छ। योग र ध्यानका लागि समेत सूर्यचौर उपयुक्त छ। 

    Pic-hotel-(2)-1719735648.jpg

    काठमाडौंको सामाखुसीबाट १३ किलोमिटर दुरीमा रहेको सूर्यचौर डाँडालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यो रिसोर्ट सञ्चालनमा ल्याइएको हो। यहाँ १० ओटा डिलक्स रुम, ४ ओटा डिलक्स ग्ल्याम्पिङ टेन्ट, एउटा बङ्क बेड रुम बनाइएको छ। क्याम्प फायर र क्याम्पिङ सुबिधा पनि छ। रिसोर्ट निर्माणमा करिब ७ करोड रुपैयाँ खर्च भैसकेको छ। साथै १० जनाले रोजगारी पाएका छन्। यहाँ ४५ जना बास बस्न सक्छन्। विकेन्ड मनाउन, पारिवारिक भ्रमण गर्न, वनभोज खान, हनिमुन मनाउन र गोष्ठी तथा बैठक गर्नका लागि समेत उपयुक्त छ।

    Pic-hotel-(3)-1719735649.jpg

    यहाँको रेस्टुराँमा नेपाली, भारतीय र चिनियाँ परिकारका साथै कन्टिनेन्टल परिकार पनि पाइन्छ। साथै लोकल स्वाद चाहनेहरूका लागि कालिज, खसी, कुखुरा, ट्राउट माछाका परिकार पनि पाक्छ। यहाँ विशाल पिङ पनि राखिएको छ। आउँदो सेप्टेम्बरदेखि यहाँबाट व्यावसायिक प्याराग्लाइडिङ उडान समेत गर्ने तयारी भैरहेको छ।  

    Pic-hotel-(5)-1719735652.jpgroom-1719735659.jpg

    स्थान : काठमाडौंको सामाखुसी चोकबाट टोखा हुँदै गुर्जेभञ्ज्याङ पुग्ने। भञ्ज्याङबाट देब्रे करिब दुई किलोमिटरमा सूर्यचौर डाँडामै छ रिसोर्ट।  
    सम्पर्क: अजिता–९७६१८००३४, वकिल–९८६१०६७७९९   

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ