काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १४.८३ अंकले घटेको छ । आज बजार ०.७२ प्रतिशतले घटेर २०३७.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १९० कम्पनीको सेयर मूल्य घटेको छ । बाकी सात कम्पनीको सेयर मूल्य स्थिर छ ,तीन अर्ब ६० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।