शुक्रबार, मंसिर १४ गते २०८१

उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरीन्

उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरीन्

अखबार दैनिक
आइतबार, असार १७ २०८१
  • उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको  टिप्पणी गरीन्

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरेकी छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै उनले संसद बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन् ।

    images

    ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौं’, उनले भनिन् । उपसभामुख रानाले संसद बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् ।

    ‘सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरु फेरि एकछिनमा हामी देख्न पाउँदैनौं । यी आवाजहरु एकछिनमा हामी सुन्न पाउँदैनौं’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार