काठमाडौं । एकीकृत समाजवादीले १० औ महाधिवेशनको उद्घाटनअघि काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न भेषभुषासहित एकीकृत समाजवादीले र्यालीसहित शक्ति प्रदर्शन गरेको हो । र्यालीमा एकीकृत समाजवादीका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेता/कार्यकर्ता सहभागी छन् ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    