प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडैलले सरकारको असफलताका कारण विद्यार्थीलाई अयोग्य ठहर्याइएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले शिक्षाको गुणस्तर बढाएर बढी भन्दा बढी विद्यार्थी पास गर्न सरकार नलागेको बताए
यसले विद्यार्थी फेल भएको हो कि सरकार फेल भएको भन्ने प्रश्न उठ्ने पौडेलले बताए। ‘५२ प्रतिशत भन्दा बढी ग्रेडिङभित्र परेन। ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ?,’ उनले भने।
पौडेलले २ लाख ४२ हजार ३१३ जना मानिसलाई सरकारले तिमी अयोग्य हौ, पढेर खान सक्दैनौँ र उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गरेको बताए। ‘सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा गर्न सक्छ?,’ उनले प्रश्न गरे। शिक्षामा गुणस्तरियता नभएकोले यस्तो भएको हो।
‘सरकारले गुणस्तरियता वृद्धि गरेर धेरै विद्यार्थीलाई पास गर्न लाग्नुपर्थ्यो। सरकार त्यतातिर लागेन। सरकारले त्यसरी पास, फेल गर्ने प्रणालीलाई नै अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास हुने व्यवस्था गर्यो । यसले शिक्षाको गुणस्तर कायम गर्न सकेन,’ उनले भने।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    