काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालको शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले गुणस्तरीय शिक्षाअनुसार शैक्षिक नीति बन्नुपर्ने बताएका हुन्।
सरकारको सबैभन्दा बढी दायित्व भएको क्षेत्र नै असफल भएको बताउँदै यसको खोजिनिधि हुनुपर्ने बताउँदै एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको बताए।
उनले भने,"३० प्रतिशतले विज्ञानमा ३५ नम्बर ल्याउन सकेनन्। १० र १० वर्ष पढाएर ३५ नम्बर ल्याउन नसक्ने बनाउने यो राज्यले गुणस्तरीय शिक्षाको प्रत्याभूति कसरी गर्न सक्छ ? नतिजा प्रणाली बदलेर हुँदैन शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ। गुणस्तरीय शिक्षाअनुसार शैक्षिक नीति बन्नुपर्छ। यो ग्रेडिङमा नपरेकाहरू म अनुनमान गरेर भन्न सक्छु कि सबैजसो सार्वजनिक विद्यालयका हुन्। कतिपय सार्वजनिक विद्यालयहरू ग्रेडिङमा नपरेर नील भएको स्थिति छ। सरकारको सबैभन्दा बढी दायित्व जुन क्षेत्रमा छ। यसमा असफल भएको देखिन्छ यसो किन भयो यसको खोजिनिधि हुनुपर्छ,।"
उनले निजी स्कुल बढी भएको क्षेत्रमा एसईईको नतिजा राम्रो आएको र सार्वजनिक विद्यालय बढी भएको ठाउँमा नतिजा नराम्रो आएको बताए।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    