काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्रकान्त भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाले चिन्तित बनाएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता भण्डारीले शिक्षा प्रणालीमा फरक तरिकाले सोच्नुपर्ने बेला आएको बताए। उनले २१ औं शताब्दीमा एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको विकासको सूचक अत्यन्तै नेगेटीभ र नेतृत्वको ठूलो असफलता भएको बताए । एसईईको नतिजाले शैक्षिक लगानीमा राज्यको उदासिनता स्पष्ट देखिएको उनको भनाई छ ।
उनले भने,"एकातिर बाढी पहिरोले नेपालीहरूलाई चिन्तित बनाएको छ। अर्कोतिर बिहीबार सार्वजनिक भएको एसईईको नतिजाले मन खिन्न बनाएको छ। २१ औं शताब्दीमा प्रविधिको युगमा ५२ प्रतिशत विद्यार्थीहरू असफल हुनु भनेको विकासको सूचकको अत्यन्त ठूलो नेगेटिभ र नेतृत्वको ठूलो असफलता हो,शिक्षामा फरक तरिकाले सोच्नुपर्ने अवस्था आएको छ।"
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    