पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ। बिहीबार रातिदेखि अवरुद्ध बनेको कर्णाली राजमार्गको दैलेख र कालिकोट खण्डको पहिरो पन्छाएपछि सवारीसाधन आवतजावत हुन थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए।
गएराति आएको वर्षाले कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डमा ६ ठाउँमा पहिरो गएको थियो,कालिकोट र दैलेखको सिमानास्थित कालेखोला र दहीखोला बीचमा पहिरो गएको थियो।
दैलेख खण्डको पादुकादेखि साँगेतडासम्म पाँच ठाउँमा पहिरो गएको थियो। सुरक्षाकर्मी र मेसिनको सहायताले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको दैलेखका डिएसपी दाहालले बताए।