बिहीबार , कात्तिक २२ गते २०८१

रहगाड खोलामा पुल बनेन, स्थानीयलाई सास्ती

रहगाड खोलामा पुल बनेन, स्थानीयलाई सास्ती

अखबार दैनिक
शुक्रबार, असार १५ २०८१
  • रहगाड खोलामा पुल बनेन, स्थानीयलाई सास्ती

    कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ ।

    images

    झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले बताए ।

    ‘झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु’, उनले भने, ‘पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ ।’

    झोलुङ्गे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवातजावतमा समस्या हुने गरेको नरहरिनाथ गाउँपालिका–८ का प्रकाश विष्टले बताए ।

    झोलुङ्गे पुल बनाउन स्थानीयले तीनवटै तहका सरकारसँग पटक–पटक माग गरेको भए पनि अहिलेसम्म खासै चासो नदिएका कारणले नागरिक तहबाट पहल थाल्नुपर्ने नरहरिनाथ गाउँपालिका–९ लालुका नागरिक समाजका अगुवा किशोरकुमार रावलले बताए । पुल नहुँदा फलेकको साँघुबाट जोखिपूर्ण यात्रा गर्नुपरेको उनले बताए ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार