काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी )पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
संसद् सचिवालयका अनुसार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी पनि प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गर्नेछन् ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    