सोमबार, मंसिर १० गते २०८१

पाइलट क्याप्टेन विजय लामा माथिको निलम्बन फुकुवा

पाइलट क्याप्टेन विजय लामा माथिको निलम्बन फुकुवा

अखबार दैनिक
बिहीबार , असार १४ २०८१
  • पाइलट क्याप्टेन विजय लामा माथिको निलम्बन फुकुवा

    नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

    images

    उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्‍याएको जनाउँदै प्राधिकरणले तीन साताअघि क्याप्टेन लामालाई उडानमा प्रतिबन्ध लगाएको थियो। 

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो।

    उक्त छानबिन समितिले निष्कर्ष बमोजिम क्याप्टेन लामालाई जरिवाना र गल्ती नदोहोर्‍याउने सर्तमा उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

    उनले आज अधिकांश कलेजहरू निजी व्यापारमा लागेका समेत बैठकमा बताए । शिक्षा क्षेत्रमा खुलेआम भ्रष्टाचार भइरहेको उनको भनाइ छ । 

    विद्यार्थीहरूले चाहेको विषयमा अध्ययन गर्न नपाउँदा  कलेजहरूमा विद्यार्थी नभएको र विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ । ‘समाजले डिमान्ड गरेको विषयमा पढाइ छैन । विद्यार्थीले रुचाएको विषयको सम्बन्धन नै पाउँदैन । अहिले आईटीको युग हो । तर सम्बन्धन नै दिइँदैन । सिन्डिकेट छ सम्बन्धनमा’, उनले भने, ‘सामुदायिक कलेजहरूले सम्बन्धन पाएका छैनन् । किनभने त्यहाँ कम फिस लिइन्छ। तर काठमाडौँ केन्द्रित कलेजमा दिइन्छ । सहजै सम्बन्धन नदिइँदा विद्यार्थी महँगोमा पढ्न बाध्य छन् ।’

    उनले विश्वविद्यालयमा भागबन्डाका आधारमा पदको बाँडफाँट हुने गरेको भन्दै त्यसको विरोध समेत गरे । राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयलाई बिगार्ने काम भएको उनको भनाइ थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ