शुक्रबार, मंसिर १४ गते २०८१

असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसद पौडेलको माग

असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसद पौडेलको माग

अखबार दैनिक
बिहीबार , असार १४ २०८१
  • असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसद पौडेलको माग

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । 

    images

    बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले त्यो प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोडदिदैँ  विस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फछर्यौट लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराए । 

     उनले भने, "असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ । अहिले बजेट पास हुने, अर्को सालको असारमा काम गर्ने, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेट छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फछर्यौट  गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु" ।  सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार