शुक्रबार, मंसिर १४ गते २०८१

दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य मागेका हुन्: सांसद बाँस्कोटा

दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य मागेका हुन्: सांसद बाँस्कोटा

अखबार दैनिक
बिहीबार , असार १४ २०८१
  • दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य मागेका हुन्: सांसद बाँस्कोटा

    काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन् । 

    images

    बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले सरकारले दुग्ध किसानहरूको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको बताए । उनले दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए । 

    उनले दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गरे । 

    उनले वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरूलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने बताए । बाँस्कोटाले जनताको सरकार भएपछि जनताप्रति जबाफदेही हुनुपर्ने बताए । 

    उनले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जबाफदेहिता नभएको बताए ।  लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरूले बीमाको रकम लगायत गाईको मूल्य नपाएको समेत बाँस्कोटाले बताए । उनले सरकारले एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण माग गरे । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार