सोमबार, मंसिर १० गते २०८१

एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी

एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी

अखबार दैनिक
बिहीबार , असार १४ २०८१
  • एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी

    राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

    images

    सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२  (४७.८६ प्रतिशत) जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । ५२.१४ प्रतिशत परीक्षार्थी भने नन ग्रेड (एनजी) भएका छन्।

    यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन ग्रेडमा परेका छन् ।

    यस वर्षदेखि हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षामा न्यूनतम २७ अंक नल्याउने विद्यार्थी नन ग्रेड भएका छन् ।

    दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए पुग्ने छ । तर दुईभन्दा बढीमा एनजी पाएका विद्यार्थीले भने अर्को वर्ष उक्त विषयको परीक्षा दिनुपर्ने छ ।

    यसरी हेर्न सकिन्छ नतिजा

    see-result-Notice.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ