काठमाडौं । बुधबार सेयर बजार ११.६० अंकले घटेको छ । आज बजार २०६० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
५७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज चार अर्ब पाँच करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।