शुक्रबार, मंसिर १४ गते २०८१

भ्रष्टाचार गरेको प्रमाण कसैले लिएर आए राजनीतिबाट सन्यास लिने : धनराज गुरूङ

भ्रष्टाचार गरेको प्रमाण कसैले लिएर आए राजनीतिबाट सन्यास लिने : धनराज गुरूङ

अखबार दैनिक
मंगलबार, असार १२ २०८१
  • भ्रष्टाचार गरेको प्रमाण कसैले लिएर आए राजनीतिबाट सन्यास लिने : धनराज गुरूङ

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन्। उनले भ्रष्टाचार गरेको प्रमाण कसैले लिएर आए राजनीतिबाट सन्यास लिने पनि बताए। पार्टीनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको मंगलबार भएको महाधिवेशनमा बोल्दै उनले भ्रष्ट प्रवृत्तिका मान्छेलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने बताए।

    images

    ‘भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न कांग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ। सिधा कुरा भन्छु म, धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदी लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु,’ उनले भने। उनले वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गरिनुपर्ने पनि बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार