शुक्रबार, मंसिर १४ गते २०८१

भारत भ्रमणमा जानु र राजदूत फिर्ता हुनु संयोग मात्रै हो : प्रधानमन्त्री

भारत भ्रमणमा जानु र राजदूत फिर्ता हुनु संयोग मात्रै हो : प्रधानमन्त्री

अखबार दैनिक
मंगलबार, असार १२ २०८१
  • भारत भ्रमणमा जानु र राजदूत फिर्ता हुनु संयोग मात्रै हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणमा जानु अघिल्लो दिन राजदूत फिर्ताको निर्णय हुनु संयोग मात्रै भएको बताएका छन् ।

    images

    मंगलबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले फिर्ता बोलाएको राजदूतसँगै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा भेटघाट गरेको भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसलाई संयोग मात्रै भनेका हुन् ।

    ‘प्रधानमन्त्री भारत भ्रमणमै जाने दिन भारतको राजदूतलाई पनि फिर्ता बोलाउने निर्णय नगरेको भए हुन्थ्यो भन्ने तर्क त छ । यो तर्कलाई त म मान्छु तर त्यो नियोजित भने विलकुल होइन, यो संयोग मात्रै हो’, प्रधानमन्त्री प्रचण्डले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार