शुक्रबार, मंसिर १४ गते २०८१

नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको हो ? : सांसद खतिवडा

नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको हो ? : सांसद खतिवडा

अखबार दैनिक
मंगलबार, असार १२ २०८१
  • नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको हो ? : सांसद खतिवडा

    काठमाडाैँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले राजदूत फिर्ता गरेर नाता र दाताको आधारमा नियुक्त गरिएको हो भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाइरहेको अवस्थामा भारतका राजदूतले हटाउन लागेको खबर थाहा पाएकोले कूटनीतिक रूपमा सरकार असफल रहेको बताए । 

    images

    सांसद खतिवडाले भने–‘फेरि नयाँ राजदूतहरू नियुक्त गरिए, केहीले यसमा मेरो रुचि नै छैन है भन्दै बिचैबाट भागेको देखियो । केही स्वार्थ बाझिने गरी नाता र दाताका आधारमा नियुक्त गरिए । म्यानपावर व्यवसायीहरू त्यहाँ पेसा गर्न नियुक्त भए भन्ने खबर सुन्नमा आएको छ भन्ने सुन्नमा आएको छ जवाफ चाहियो ।’

    कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा प्रकाशन गरे पनि त्यसलाई फिर्ता ल्याउन किन पहल नभएको भन्दै प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार