शुक्रबार, मंसिर १४ गते २०८१

चीनका उपविदेशमन्त्री तीन दिने औपचारिक भ्रमणमा नेपाल आउँदै

चीनका उपविदेशमन्त्री तीन दिने औपचारिक भ्रमणमा नेपाल आउँदै

अखबार दैनिक
सोमबार, असार ११ २०८१
  • चीनका उपविदेशमन्त्री तीन दिने औपचारिक भ्रमणमा नेपाल आउँदै

    काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । भ्रमणका क्रममा उनी असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

    त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता समेत गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार