शुक्रबार, मंसिर १४ गते २०८१

कर्मचारीको माग सम्बोधनको प्रयासमा मन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन

कर्मचारीको माग सम्बोधनको प्रयासमा मन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन

अखबार दैनिक
आइतबार, असार १० २०८१
  • कर्मचारीको माग सम्बोधनको प्रयासमा मन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन

    काठमाडौँ । आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ ।

    images

    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् । अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसदका कर्मचारीहरु आन्दोलनमा छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र संघीय संसदका महासचिप पद्मप्रसाद पाण्डेलाई बोलाएर छलफल गरेका थिए । सोही बैठकले कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार