शुक्रबार, मंसिर १४ गते २०८१

बागमतीमा २१ अर्ब खर्च हुँदा पनि दुर्गन्ध हटेन, अब अति भयो: सन्तोष चालिसे

बागमतीमा २१ अर्ब खर्च हुँदा पनि दुर्गन्ध हटेन, अब अति भयो: सन्तोष चालिसे

अखबार दैनिक
बिहीबार , असार ७ २०८१
  • बागमतीमा २१ अर्ब खर्च हुँदा पनि दुर्गन्ध हटेन, अब अति भयो: सन्तोष चालिसे

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले बागमती नदी सफाई अभियानमा २१ अर्ब खर्च भएपनि दुर्गन्ध नहटेको बताएका छन्।  बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चालिसेले ३१ वर्ष अघिदेखि सुरू भएको बागमती सफाइ अभियानमा अहिलेसम्म २१ अर्ब भन्दा बढी खर्च भएको तर सफा नभएको बताएका हुन्। 

    images

    'आजसम्म २१ अर्ब खर्च भइसक्दा पनि दूर्गन्धित बाग्मती देख्न परिरहेको छ। यसको किनारा रहेका ठूला ठूला मठ मन्दीरहरू दुर्गन्धित भएका छन्। बागमतीमा कसैले पनि जल प्रयोग गर्दैन। हात चोपल्न पनि गाह्रो मान्छ,' उनले भने। 

    यसपालि बागमती सफाइका लागि २ अर्ब ७५ करोड बजेट छुट्ट्याएको र गत वर्ष पनि २ अर्ब पनि ५२ करोड रूपैयाँ छुट्याइएको तर सफाइ नभएको बताएका हुन्। '१३० जना कर्मचारी छन्। ९ महिनादेखि अध्यक्ष पनि नियुक्ति हुन सकेको छैन।अब अति नै भयो। चाँडोभन्दा चाँडो बागमती नदी सफा हुन पर्‍यो,' उनले भने। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार