सोमबार, मंसिर १० गते २०८१

त्रिवि उपकुलपतिद्वारा लुम्बिनी प्रदेशका आङ्गिक क्याम्पस तथा परीक्षा कार्यालयको वस्तुस्थिति अध्ययन भ्रमण

त्रिवि उपकुलपतिद्वारा लुम्बिनी प्रदेशका आङ्गिक क्याम्पस तथा परीक्षा कार्यालयको वस्तुस्थिति अध्ययन भ्रमण

अखबार दैनिक
मंगलबार, असार ५ २०८१
  • त्रिवि उपकुलपतिद्वारा लुम्बिनी प्रदेशका आङ्गिक क्याम्पस तथा परीक्षा कार्यालयको वस्तुस्थिति अध्ययन भ्रमण

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशर जङ्ग बरालले त्रिविका आङ्गिक क्याम्पस तथा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको वस्तुस्थिति बुझ्न जेठ २७ देखि  २९ गतेसम्म लुम्बिनी प्रदेशका आठवटा क्याम्पस र एउटा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको भ्रमण गर्नुभयो । गर्र्मीको मौसम, त्यसमा पनि अधिक गर्र्मी हुने ठाउँमा भएको उपकुलपतिको भ्रमणले स्थानीय प्राध्यापक, कर्मचारी तथा विद्यार्र्थीहरूमा उत्साहको सञ्चार गरेको थियो । 

    images

    उपकुलपति बरालले जेठ २७ मा कोहलपुरस्थित त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको निर्माणाधीन भवनको निरीक्षण गर्नुभयो। सो अवसरमा कार्यालयका सहनियन्त्रक सुमन गौतमले भवन सम्पन्न हुन अब एक–दुई महिना मात्रै लाग्ने जानकारी दिनुभयो।उपकुलपतिले भवन निर्माणपछि कार्यालयको काम सहज र सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो।लगत्तै नेपालगञ्जस्थित हाल सञ्चालनमा रहेको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको निरीक्षण गर्ने क्रममा एउटै घरमा पनिकासँगै अर्को परिवार समेत् बसेको पाइएकाले परीक्षाको गोपनियतामा प्रश्न उठेको थियो। 

    सोही दिन उपकुलपतिले २०२६ सालमा स्थापित नेपालगञ्ज नर्सिङ क्याम्पसको पनि भ्रमण गर्नुभयो। नर्सिङ शिक्षामा ठूलो योगदान पु¥याउने गौरवशाली इतिहास बोकेको यस क्याम्पसमा पुराना भवनको मर्मतसम्भार र मानवश्रोतको व्यवस्था मुख्य चुनौतीका रूपमा देखियो।क्याम्पसका केही नयाँ प्रशासनिक भवन र निर्माणाधीन पुस्तकालय भवनको अवलोकन गर्नुअघि क्याम्पस प्रमुख तुलसा सुनारले क्याम्पसबारे संक्षिप्त जानकारी दिनुभएको थियो।

    पचास वर्षदेखि नेपालगञ्जको शैक्षिक हबका रूपमा परिचित महेन्द्र बहुमुखी क्याम्पसमा पुगेर उपकुलपति बरालले क्याम्पसलाई शैक्षिक उत्कृष्टताको केन्द्र र डिग्री उपाधि प्रदान गर्नसक्ने क्याम्पसको रूपमा विकास गर्ने आफ्नो योजना सुनाउनु भयो। भ्रमण टोलीसँग भएको शिक्षक, कर्मचारी र विद्यार्थी प्रतिनिधिहरूको छलफलमा सबैका गुनासा र समस्याहरू व्यक्त भए। क्याम्पस प्रमुख लालमणि आचार्यले क्याम्पससँग यथेष्ट जग्गाजमिन भए पनि त्यसको सदुपयोग र संरक्षण हुन नसकेकोले चारैतिरबाट अतिक्रमणको डर भएको जानकारी गराउनु भयो। 

    भ्रमणको अर्को दिन जेठ २८ गते उपकुलपति बरालले दाङ, घोराहीस्थित प्रस्तावित इञ्जिनियरिङ अध्ययन संस्थान, घोराही क्याम्पसमा करीब पाँच विघा क्षेत्रफलमा भैरहेको कार्यालय भवन एवम् पर्खाल निर्माणको कार्यप्रगति अवलोकन गर्नुभयो।सो अवसरमा भवन लगायतका भौतिक संरचनाको निर्माणपछि क्याम्पसमा इञ्जिनियरिङ विषयको अध्ययन–अध्यापन थालिने आयोजनाका डाइरेक्टर रामप्रसाद पौडेलले जानकारी गराउनु भएको थियो। 

    घोराही क्याम्पसलगत्तै उपकुलपतिले घोराहीकै महेन्द्र बहुमुखी क्याम्पसको पनि भ्रमण गर्नुभयो। शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका साथै विज्ञान तथा प्रविधि अध्ययन संस्थानका धेरै विषय पढाइ हुने यो क्याम्पस पनि मानवश्रोतको कमीजस्ता समस्यामा अल्झिएको देखियो। क्याम्पस प्रमुख भरतराज न्यौपानेले क्याम्पस परिसरका अतिरिक्त पूर्जासहितको करीब सत्तरी बिघा जमिन भए पनि त्यसको सदुपयोग गर्ने कुरामा माथिल्ला निकायको पर्याप्त सहयोग नपाएको गुनासो गर्नुभयो।

    उपकुलपति बराल त्यसै दिन देशको एक ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पस पुग्नुभयो। तुलनात्मक रूपमा राम्रा भवन र भौतिक संरचना भएको यस क्याम्पसको मुख्य माग नजिकै एउटा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय स्थापना गरिनुपर्छ भन्ने थिय। क्याम्पसमा भएको छलफल कार्यक्रममा वीमा, परीक्षाफल, मानवश्रोत, बढुवा, सूचनाप्रविधि, छात्रावास, कार्यबोझ, पाठ्यक्रम परिमार्जन, आंशिक शिक्षक आदिसँग सम्बन्धित समस्या उठेका थिए।

     जेठ २९ गते पाल्पा पुग्नुभएका त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा बहुमुखी क्याम्पसको अवस्थाबारे जानकारी लिनुभयो। क्याम्पसमा भएको छलफलमा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईलगायत् सबै सहभागीले शिक्षक–कर्मचारी अत्यन्तै कम भएकाले आंशिक र ज्यालादारी कर्मचारीबाट क्याम्पस चलाउनु परेको कुरा उठाउनु भएको थियो।

    उपकुलपति बरालले सोही दिन छोटो समयमा विद्यार्र्थी सङ्ख्या र भौतिक संरचनामा उल्लेख्य बृद्धि गर्न सफल भैरहवा क्याम्पसको भ्रमण गर्नुभयो। विज्ञापनलाई मुख्य आधार मानेर अघि बढेको यस क्याम्पसका केही कक्षाकोठामा समेत् एसी जडान गरिएको थियो। क्याम्पस प्रमुख अनिल कुमार झाले क्याम्पसमा अपुग शिक्षक–कर्मचारी समेत् केही हदसम्म आन्तरिक व्यवस्थापन गरी नियुक्त गरेर अध्ययन–अध्यापन सुचारु राखेको जानकारी दिनुभयो। 

    त्यसै दिन कृषि अनुसन्धानका लागि उर्बर भूमि मानिएको पक्लिहवा पुगेर उपकुलपतिले त्यहाँको कृषि र पशुविज्ञान क्याम्पसको स्थलगत अवलोकन गर्नुभयो। क्याम्पसको यथार्थ अवस्थाको जानकारी दिने क्रममा प्रमुख रामभजन मण्डलले क्याम्पसले अधिकांश पुराना भवनबाट काम चलाउँदै अध्ययन–अनुसन्धान कार्य अघि बढाएको र भएका अधिकांश जग्गाजमिन प्रयोगविहिन अवस्थामा रहेको अवगत गराउनु भएको थियो।


    यसरी लुम्बिनी प्रदेशका आङ्गिक क्याम्पस र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको वस्तुस्थिति अध्ययन गर्ने क्रममा त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले सबैजसो शिक्षक, कर्मचारी तथा विद्यार्र्थी प्रतिनिधिसँगका बैठक र छलफलमा उठेका ठूला समस्यामध्ये शिक्षक–कर्मचारीको कमी हटाउन तत्काल त्रिवि सेवा आयोगलाई क्रियाशील बनाइने तथा पठन–पाठनमा अनियमितताको अन्त्य गर्न शैक्षिक क्यालेण्डर कडाइका साथ लागू गरिने स्पष्ट गर्नुभयो। 

    शिक्षक–कर्मचारीलाई आफ्नो क्षमता विकासमा लाग्न उत्प्रेरित गर्दै उपकुलपतिले भन्नुभयो, “अब हामीले पद दिने होइन, तपाईंहरू आफू पद लिन तयार हुने हो।यसैगरी प्राविधिक विषयहरूमा पनि कमाउ–खाउको रणनीतिमा जानुपर्दछ।यसरी सबैले आ–आफ्नो क्याम्पसको समग्र विकास, प्राज्ञिक उन्नयन र अनुसन्धानमा जोड दिँदै विद्यार्र्थीहरूको सार्थक सिकाइमा केन्द्रीत हुनुपर्दछ।” 

    प्रदेशका आङ्गिक क्याम्पस र क्षेत्रीय पनिकाको यथार्थ वस्तुस्थिति बुझ्न लुम्बिनी प्रदेशस्थित त्रिविका विभिन्न निकायको भ्रमण गर्नुभएका उपकुलपति बरालले यस क्रममा भएका प्रायः सबैजसो भेटघाट र छलफलमा उपकुलपति एक्लैले मात्र केही गर्न नसक्ने सबैको योगदान र मेहनतले नै विश्वविद्यालय बन्ने कुरा दोहो¥याई–तेहो¥याई भनिरहनु भएको थियो।“यसरी अघि बढ्न सक्यौं भने मात्र हाम्रा ठूला–साना सबै समस्या विस्तारै समाधान हुँदै जानेछन्”, उहाँले दृढ विश्वासका साथ भन्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार