सोमबार, मंसिर १० गते २०८१

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री तत्काल सहज गर्न कांग्रेसको माग

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री तत्काल सहज गर्न कांग्रेसको माग

अखबार दैनिक
सोमबार, असार ४ २०८१
  • पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री तत्काल सहज गर्न कांग्रेसको माग

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री तत्काल सहज गर्न माग गरेको छ । 

    images

    पार्टी केन्द्रीय सदस्य गुरू बरालको संयोजकत्वमा रहेको आपूर्ति तथा उपभोक्ता विभागले सोमबार विज्ञप्ति जारी गर्दै आम सर्वसाधारण उपभोक्ताको अधिकारलाई बञ्चित नगर्न आग्रह गरेको हो । 

    विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा आवरोध हुँदा उपभोक्ता मारमा परेको उल्लेख गरेका छन् । बजारमा पेट्रोल बिक्री नहुँदा नागरिकहरू आतंकित बनेको उनले बताएका छन् । यसका लागि तत्काल आपूर्ति व्यवस्था सहज गराई वार्ता र संवादमार्फत समस्याको समाधान गर्न नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग माग गरेका छन् । 

    साथै, बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृखंला समेत बिग्रने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । “अत्यावश्यक वस्तुहरूमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न समेत जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा लेखिएको छ, “विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि हार्दिक अनुरोध गर्दछ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार