काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट मेयर शाह ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्कने छन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।