काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले प्रहरी संगठन प्रमुख (आईजीपी)परिवर्तन नहुने बताएका छन्। सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले अहिले आईजीपी परिवर्तन नहुने बताएका हुन् ।
उनले भने, ‘अस्तिको दिनमात्रै तीनवटा आईजीपीलाई बोलाएर भनेको छु, अहिले केही परिवर्तन हुँदैन,’ । ‘तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु। त्यही स्पिडमा उहाँहरूले काम गर्नुभएको छ।’
उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए । सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ ।
उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।”“यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु,” । साथै, उनले अहिलेको सत्ता समीकरणमा कुनै परिवर्तन नहुने पनि बताए।