काठमाडौं । काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङ रोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।
आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङ रोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले जनाएका छन् । काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवसायीहरुले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन् ।