बुधबार, कात्तिक ७ गते २०८१

पशुपति विकास कोषलाई दुहुनो गाई बनाउनु हुदैँन : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई दुहुनो गाई बनाउनु हुदैँन : अमरेशकुमार सिंह

अखबार दैनिक
शुक्रबार, असार १ २०८१
  • पशुपति विकास कोषलाई दुहुनो गाई बनाउनु हुदैँन : अमरेशकुमार सिंह

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन् ।

    images

    उनले जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताउदै उनले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउन नहुनेमा बताए । 

    सिंहल भने, "जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ । राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ" ।

    सांसद सिंहले इन्टरनेटको पहुँच गाउँगाउँमा पुर्‍याउनुपर्ने पनि बताए । उले तराईका पछाडि परेका समुदायसमक्ष सञ्चारको पहुँच सहजरूपमा पुर्‍याउनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ