शुक्रबार, मंसिर १४ गते २०८१

मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो : सांसद केसी

मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो : सांसद केसी

अखबार दैनिक
शुक्रबार, असार १ २०८१
  • मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो : सांसद केसी

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सरकारसँग माग गरेका छन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका हुन् । 

    images

    विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र चार लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको उनले बताए ।  ‘कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ । सरकारले विपद् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गरोस्,’ उनले भने । 

    भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी पहिरो, चट्याङले ठुलो क्षति पुर्‍याएको उनले बताए । आगलागीबाट प्रत्येक वर्ष दुई अर्बभन्दा बढीको नोक्सानी र सयौँ नेपालीले ज्यान गुमाउनुपरेको सांसद केसीको भनाइ छ ।

     ‘पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन भने सरकार युद्धस्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार