सोमबार, मंसिर १० गते २०८१

किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन रास्वपाको माग

किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन रास्वपाको माग

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८१
  • किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन रास्वपाको माग

    किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ। बिहीवार प्रतिनिधिसभा बैठकको शून्य समयमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग गरेका हुन्। 

    images

    उनले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको बताए। उनले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर‚ ठिमी  र बोडेलगायत ठाउँका किसानले १० किलोभन्दा बढी मल नपाएको बताए।

    उनले मल अभाव छैन भने पनि बजारमा मल नपाइएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे। उनले किसानहरुले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

    ‘सरकार मलको अभाव छैन भन्छ तर भक्तपुरका किसान १० किलोभन्दा बढी मल पाउँदैनन्। भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ‚’ उनले भने, ‘कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन्। यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले कृषि उत्पादन बढाउन समयमा नै किसानलाई मल दिनुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार