काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ । आज बजार ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ९४ कम्पनीको सेयर मूल्य बढ्दा आज १४७ कम्पनीको मूल्य घटेको छ । ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।