शुक्रबार, मंसिर १४ गते २०८१

सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन सचेतक बरालको माग

सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन सचेतक बरालको माग

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८१
  • सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन सचेतक बरालको माग

    काठमाडौं । सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन नेकपा एमालेकी सचेतक सुनिता बरालले माग गरेकी छन् ।

    images

    बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकहरू आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराएकी हुन् । उनले ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने बताउदै बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन् । 

    उनले भनिन्, "आज हाम्रा सर्वसाधारण नागरिकहरू सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपिडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ती नागरिकहरुका लागि सोच्नुपर्ने अवस्था छ । दुई चार वटा काउन्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु ।"

    उनले संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार