सोमबार, मंसिर १० गते २०८१

ताप्लेजुङमा बाढीले बगायो काठेपुल

ताप्लेजुङमा बाढीले बगायो काठेपुल

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८१
  • ताप्लेजुङमा बाढीले बगायो काठेपुल

    ताप्लेजुङमा बाढी आउँदा एउटा काठे पुल बगाएको छ। बिहीबार बिहान साढे ६ बजे फक्ताङलुङ गाउँपालिका-५ तापेथोकस्थित शिसवा खोलाले काठे पुल बगाएको गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले जानकारी दिए। 

    images

    उनका अनुसार सवारीसाधन समेत गुड्ने गरेको उक्त काठे पुल बाढीले बगाएको हो।  गएरातिदेखि परेको वर्षका कारण खोलाको बहाव बढेको थियो। 

    पानी रोकिसकेको भएपनि बिहानपख खोलामा लेदोसहित आएको बाढीले पुल बगाएको हो। यस बाढीले कुनै मानवीय क्षति भने भएको छैन।

    नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरू भएको छ। मनसुन भित्रिएसँगै पूर्वी क्षेत्रमा पानी पर्न थालेको हो। ताप्लेजुङमा पछिल्लो २४ घण्टामा १४.६ मिलिमिटर पानी परेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार