शुक्रबार, मंसिर १४ गते २०८१

आगलागीपीडितलाई राहत उपलब्ध गराउन माग : सांसद रामकृष्ण यादव

आगलागीपीडितलाई राहत उपलब्ध गराउन माग : सांसद रामकृष्ण यादव

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८१
  • आगलागीपीडितलाई राहत उपलब्ध गराउन माग : सांसद रामकृष्ण यादव

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेसका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराए । बैठकको सुरुमा उनले आगजनी प्रभावितलाई राहत उपलब्ध गराउन गर्न ढिलाइ नगर्न आग्रह गरे ।

    images

    सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउ । उनले विपद्बाट जोगाउन पूर्वतयारीको कामलाई प्रभावकारी बनाउन, दक्ष जनशक्तिको व्यवस्था गर्न, यथेष्ट बजेटको प्रबन्ध गर्न माग गर्दै सुरक्षाकर्मीले स्रोत तथा साधनको अभावमा पनि उद्धार तथा राहतमा परिचालित भएकामा धन्यवाद दिए ।

    सांसद भट्टराईले विपद्को पूर्वतयारी जुन स्तरमा हुनुपर्ने थियो त्यसअनुरुप हुन नसकेको भन्दै तत्काल प्रभावकारी प्रबन्ध गर्न आग्रह गरे । उनले जलवायु कोषको रकम प्राप्तिका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार