शुक्रबार, मंसिर १४ गते २०८१

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा आइपुगेका छन्

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा आइपुगेका छन्

अखबार दैनिक
बुधबार, जेठ ३० २०८१
  • राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा आइपुगेका छन्

    राष्ट्रपति पौडेललाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेका छन्। 

    images

    उनले ३१ जेठमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रअन्तर्गतकाे ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
     
    ३१ जेठमा नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
     
    त्यसैगरी राष्ट्रपति पौडेलले आजै स्विस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन्।स्विट्जरल्यान्डको भ्रमणपछि राष्ट्रपति पौडेल १ असारमा जेनेभाबाट रोयल डच एयरलाइन्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार